सिसैयाका २ परिवार कृषक बगर खेतिबाटै सम्पन्न बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सिसैयाका २ परिवार कृषक बगर खेतिबाटै सम्पन्न बन्दै

पुष्कर भट्ट १६ बैशाख,कञ्चनपुर ।
बेतकोट नगरपालिका ६ सिसैयाका २ परिवार कृषक बगर खेति बाटै सम्पन्न बन्दै गईरहेका छन् । वर्षको ७ महिना काम गरेर पनि राम्रो आम्दानि गरीरहेका उनिहरु बालुवामा लगाएको लगानि प्रति सन्तुष्ट देखिन्छन् । विगत १० वर्ष देखि बेतकोट नगरपालिका १० नयाँगाउको चौधरा नदि कीनारमा बगर खेति गर्दै आईरहेका उनिहरुले

सिसैयाका २ परिवार कृषक बगर खेतिबाटै सम्पन्न बन्दै

पुष्कर भट्ट १६ बैशाख,कञ्चनपुर ।

बेतकोट नगरपालिका ६ सिसैयाका २ परिवार कृषक बगर खेति बाटै सम्पन्न बन्दै गईरहेका छन् । वर्षको ७ महिना काम गरेर पनि राम्रो आम्दानि गरीरहेका उनिहरु बालुवामा लगाएको लगानि प्रति सन्तुष्ट देखिन्छन् । विगत १० वर्ष देखि बेतकोट नगरपालिका १० नयाँगाउको चौधरा नदि कीनारमा बगर खेति गर्दै आईरहेका उनिहरुले मेहनत अनुसारको राम्रो प्रतिफल पाईरहेका छन् । विदेशी को भुमीमा खुन पसिना बगाएर केहि पैसा कमाउनु भन्दा आफनै देशमा जुन सुकै काम गरेर पनि राम्रो आय आर्जन गर्न सक्ने एक उदाहरणीय ब्यक्तिका रुपमा बनेका छन् कञ्चनपुरका कृषक हरिबोल चौधरी ।

 

उनले एक मौषममा बगरमा लगानि गरेर कम्तिमा २ लाख बाट ४ लाख सम्म बचत गर्ने गर्दछन् । तर उनले आफुहरुले रात दिन गरेर मेहनत गरिरहेको तर नेपाल सरकार अन्र्तगत रहेको कृषि मन्त्रालयले बगर खेतिको प्रोत्साहनका लागी कुनै पनि प्रकारको सहयोग नगर्ने भन्दै गुनासो ब्यक्त गरे । पहिलाको समयमा भारतियले काम गर्ने गरेको उक्त ठाँउमा उनिहरुबाटै काम सिकेको चौधरी बताउछन् । उनले विदेश जाने नेपालिलाई विदेश नगएर नेपालमा नै बसेर आफनो सक्दो काम मा आफनो पुरा मेहनत लगाए यतै सम्पन्न हुन सक्ने बताउछन् । बजार ब्यवस्थापन राम्रो भएका कारणले गर्दा उत्पादन गरेको तरकारी तथा फलफूल खपत हुने र राम्रो भाउ पाउने चौधरी बताउछन् ।

 

५ बिगाहा जमिनमा सुरुवातमा ७ लाख लगानी गरेका उनले आफनो बारीमा कांक्रा, लौका, तरझुज, करेला, टमाटर लगाएर मनग्य आम्दानि गर्दै आएका छन् । उनि मात्र नभएर उनि जस्तै अर्की सुनिता चौधरी पनि आफुले थोरै समयमा राम्रो आम्दानी गरेको बताउछीन् । कञ्चनपुरमा रहेका चौधरी जस्तै अन्य कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूल दैनिक जसो १५ टन भन्दा बढि देशका विभिन्न स्थान धनगढी, बुटवल, नेपालगञ्ज, काठमाडौं लगायतका सहरमा गईरहेको हुन्छ । जिल्ला कृषी कार्यालय ले चौधरी जस्ता बगर खेती गर्ने कृषकहरु लाई अनुदान सहयोग तथा तालीमहरु दिनु पर्ने देखीन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);