बाँकेका युवाको लोभ लाग्दो तरकारी खेती (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाँकेका युवाको लोभ लाग्दो तरकारी खेती (फोटो फिचर)

बाँके । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।

उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएरजान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ ।

बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ बर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् । उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्रि गरिसकेकाछन् भने अझै पनि बिक्रि गर्न सकिने गरी उत्पादन भइरहेको छ, विक्रिपनि गरिरहेकाछन् ।

तरकारी खेतिका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले कोकाकोला र पेप्सीको बोतलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् । तरकारी खेतिमा उनले विषादी प्रयोग नगरेको र अर्गानिक तरकारीउत्पादन गरीरहेको बताउँछन् ।



युवा कृषक तुल्सीरामलाई प्रदेशसरकारले सञ्चालन गरेको स्मार्ट कृषि गाँउबाट तरकारी खेतिका लागि प्रयोग हुने हरेक सामग्रीउपलब्ध गराएको छ । उनको तरकारी खेतिमा करेलासँगै काँक्रो, खुर्सानी, लौका, भिन्डी,फर्सि लगायतका तरकारीहरु छन् । प्रदेश सरकारबाट अनुदान सहितको सहयोग पाइरहेको उनले बताए ।

कृषक तुल्सीराम आफुले कृषिमा मेहनत गरिरहेको बताउँछन् । सरकारले वातावरण बनाइ दिए युवाहरु कृषि पेसामा आवद्ध हुने उनको भनाई छ । उनी युवाहरुलाई विदेश नजानको निम्ति आग्रहगर्छन् । नेपालमै बसेर अर्गानिक तरकारी उत्पादन गरी आम नेपालीलाई निरोगी बनाउन युवाहरुले भुमिका खेल्नुपर्ने उनले बताए ।



सिर्जनशिल भएर इमान्दारपूर्वक कृषि पेशामा संलग्न हुन सके दैनिक जीवनयापन गर्न मात्रै होइन, राम्रै आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन् तुल्सीराम । त्यसो त युवाहरुलाई कृषिमा आकर्षित गर्न तथा कृषि पेशामा टिकीरहनका लागि युवाहरुलाई तिनै तहको सरकारले आवश्यकता अनुसार सहजीकरण तथा सहयोग गर्नुपनि उत्तिकै आवश्यकता छ ।

पछिल्लो समयमा त झनै कृषक र कृषि पेशाको आवश्यकता र महत्व बढ्दै गएको छ । तसर्थ युवाहरुलाई कृषिमा समावेश गराउनको लागि सरकारले वास्तविक किसानलाई पहिचानगरी अनुदान दिने, उत्पादित वस्तुको बजारीकरण गर्न सहयोगको आवश्यकता देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);