तीन दिन कुरेर एक गाग्री पानी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

तीन दिन कुरेर एक गाग्री पानी

नरी बडु, १६ बैसाख बैतडी
बैतडी जिल्लाको पाटन नगरपालिकाको गुजर गाँउ तत्कालिन प्रधानमन्त्रि लोकेन्द्र बहादुर चन्दको गाँउ हो । उक्त गाँउ लगायत बैतडी जिल्लाका विभिन्न ठाँउहरुमा खानेपानीको हाहाकार हुदाँ महिलाहरु बढी समस्यामा परेका छन्

तीन दिन कुरेर एक गाग्री पानी

नरी बडु, १६ बैसाख बैतडी

बैतडी जिल्लाको पाटन नगरपालिकाको गुजर गाँउ तत्कालिन प्रधानमन्त्रि लोकेन्द्र बहादुर चन्दको गाँउ हो । उक्त गाँउ लगायत बैतडी जिल्लाका विभिन्न ठाँउहरुमा खानेपानीको हाहाकार हुदाँ महिलाहरु बढी समस्यामा परेका छन् । चुलोचौको र पानी पधेरो लगायतको घरायसि कामको जिम्मा महिलाको भागमा हुने चलनका कारण उनिहरु समस्यामा परेका हुन् । जिल्लाको पाटन नगरपालिकाका गुजर, सिलङ्गा, दशरथचन्द नगरपालिकाको दुर्गास्थान, त्रिपुरा र मेलौली नगरपालिकाका अधिकासं ठाँउहरुमा खानेपानीको हाहाकार मच्चीएको छ ।

 

गुजर पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको गाँउ हो । चार पटक देशका प्रधानमन्त्रि भैसकेका चन्दकै गाँउमा खानेपानीको हाहाकार छ भन्दा सजिलै पत्याउन गारो पर्छ । तर यो सत्य हो । चन्दले प्रधानमन्त्रि भएपछि खानेपानीको उपलब्धता नगरेका भने होईन् । उनको कार्यकारला बनेका धेरै मुहान, पाईप र ट्याङ्किहरु भत्कीएर जिण भएपछि उक्त क्षेत्रमा खानेपानीको समस्या बढ्को हो । जिल्लाको पाटन नगरपालिकामा पर्ने गुजर लगायतका ठाँउमा त तीन दिनमा एक चोटी मात्रै खानेपानीको आपुर्ति हुने गरेको छ । तीन दिनको पर्खाई पछि बल्ल एक गाग्री पानीमा चित्त बुझाउनुपरेको स्थानीय महिलाहरुको गुनासो छ ।

 

७० परिवार रहेको गुजर गाँउमा आसपासका क्षेत्रमा खानेपानीको निकै समस्या रहेको स्थानीय भास्करसिह केसीको भनाई छ । खानेपानीको समस्याका कारण महिलाहरु बढी समस्यामा पर्ने गरेका छन् । पुरुषहरुको बाहिरको काम गर्नुपर्ने र महिलाहरुले बालबच्चको सरसफाई गाँईभैसिको स्याहार तथा खाना पकाउने लगायतका कामहरु गर्नुपर्ने भएकाले उनिहरु समस्यामा परेका हुन् । रातीको ४ बजेनै गाग्री कोखमा च्यापेर पानीको खोजिमा जाने यस क्षेत्रका महिलाहरुले रातमा समेत सुत्न पाएका छैनन् ।

 

यस जिल्लामा चुलो चौकोको काम महिलाले मात्रै गर्ने गरेका छन् । अन्य काम संगै खानेपानीको पनि व्यवस्था गर्नुपर्ने भएकाले यस ठाँउका महिलाहरु धेरै समस्यामा रहेको स्थानीय महिला माया केसीको भनाई छ । यता दशरथचन्द नगरपालिका ७ दुर्गास्थानमा पनि खानेपानीको हाहाकार मच्चीएको छ । खानेपानीको अभावका कारण स्थानीइ बसाई सर्न बाध्य भएका छन् एजेण्डा सहित गाँउमा जाने राजनितिक दलका नेताहरुले यसभन्दा अघि पनि यी क्षेत्रहरुमा सासन नगरेका होईनन् तर गाँउको पीडा जस्ताको त्यस्तै छ । खानेपानीको अभावले तड्पीरहेका स्थानीयको समस्यालाई बुझि सम्बन्धित निकायले खानेपानी आपुर्ति नभएका ठाँउमा आपुर्ति गर्न जरुरी छ ।

Leave a Reply