दार्चुलाको सदरमुकाममा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दार्चुलाको सदरमुकाममा खानेपानीको हाहाकार

बाशुदेव बडु
दार्चुला, १० फागुन
। दार्चुला सदरमुकाम खलंगामा विगत १ महिनादेखि खानेपानीको हाहाकार भएको छ । अव्यवस्थित बस्ती र जनघनत्व बढ्दै गएपछि खानेपानीको हाहाकार भएको हो । पानीको अभाव हुँदा पनि व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

दार्चुला सदरमुकाम खलंगाको बजार क्षेत्रका लागि गाराकु खोलाबाट पानी ल्याइएको थियो । तर अव्यवस्थित बस्ती र जनघनत्व बढ्दै गएपछि खानेपानीको हाहाकार भएको हो । महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको अभाव छ । खानेपानीको समस्या समाधान गर्न डिभीजन कार्यालय र महाकाली डनगरपालीकाले चासो नदिएको स्थानीयको गुनासो छ ।

नगर क्षेत्रमा जथाभावी पाइपलाईन बिछयाइएको र पाइपहरु फुटेर पानी चुहिएको छ तर नगरपालिकाले व्यवस्थापनको लागि पहल गरेको छैन । खानेपानीे व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको भन्दै खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय पन्छिएको छ ।

उता महाकाली नगरपालीकाले भने बजेट कतैबाट नआएकाले खानेपानीको व्यवस्थापन गर्न नसकिएको प्रतिक्रिया दिएको छ । खानेपानीको मुहानमा पानी घट्दै गएको र २०७० सालको बाढीले खानेपानी आयोजनामा क्षति पुगेकाले खानेपानीको अभाव भएको कार्यालयको भनाई छ ।

तर बाढीले आयोजनामा क्षति नपुगेको स्थानीयको गुनासो छ । सम्बन्धित निकाय नै एकले अर्कोलाई दोष थुपारेर जिम्मेवारीबाट पन्छिनु भन्दा पानीको व्यवस्थापनतर्फ लाग्ने हो की ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);