मुडा उत्पादन गरेर मनग्य आम्दानी गर्दै कैदीबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुडा उत्पादन गरेर मनग्य आम्दानी गर्दै कैदीबन्दी

बिमल जैरु
डडेल्धुरा, १० फागुन ।डडेल्धुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले मुडा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । खेले खेलेर समय बिताउने गरेका कैदीबन्दीहरु पछिल्लो समय मुडा बनाउन व्यस्त छन् ।

डडेल्धुरा जिल्ला कारागारमा रहेका कैदीहरुले खाली समयलाई सदुपयोग गरेर मुडा बनाउन थालेका हुन् । एक कैदीले आफुले सिकेको सीप सबैलाई सिकाएपछि कैदीबन्दीहरु मुडा बनाउन थालेका हुन् । बाँस निगालो, प्लाष्टिकको रसी, सरिया तथा साईकलको टायर प्रयोग गरेर कैदीहरुले मुडा बनाउने गरेका छन् । दिनभरको समय बसेर खेर फाल्नु भन्दा आम्दानी हुने र समयको पनि सदुपयोग हुने भएकाले मुडा बनाउन आकर्षित भएको कैदीहरु बताउछन् ।

४८ जना कैदी रहेको डडेल्धुरा कारागारमा १०–१२ जनाले दिनहुँ मुडा बनाउने गरेका छन् । जेलमै बसेर राम्रो आम्दानी गर्न थालेपछि कैदीहरु खसी भएका छन् । तर राज्यले नराम्रो दृष्टिले हेर्ने गरेको कैदीहरुको गुनासो छ । उनीहरुले बनाएको मुडाले बजार समेत पाउन सकेको छैन । कारागारले भने कैदीबन्दीहरुलाई थप सीममुलक तालिम सिकाउने र मुडाको बजार व्यवस्थापन गर्न पहल गर्ने जनाएको छ ।

पाँच सय देखि १ हजार सम्मका बिभिन्न साईजका आकर्षक र बलियो मुडा बनाउने गरेका कैदीहरुलाई कच्चा पदार्थको समेत अभाव छ । महंगोमा बाँस, निगालो, टायर लगाएतका कच्चा पदार्थ ल्याउनु परेको कैदीहरुको गुनासो छ । यदि कैदीहरुलाई सीप सिकाउने हो भने जेलमै भित्रै काम गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण डडेल्धुराका कैदीबन्दीले दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);