मौरीपालनबाट बार्षिक दुई लाख भन्दा धेरै आम्दानी ! | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मौरीपालनबाट बार्षिक दुई लाख भन्दा धेरै आम्दानी !

mauri palan

बिमल जैरु
डडेल्धुरा, २० असार
। डडेल्धुराको आलिताल गाउँपालिकाका कृषक मौरीपालन व्यवसायतर्फ आर्कषित भएका छन् ।बार्षिक दुई लाख भन्दा धेरै आम्दानी हुन थालेपछि कृषक मौरीपालन व्यवसायतर्फ आर्कषित भएका हुन् ।

डडेल्धुराको आलिताल गाउँपालिका मह उत्पादनको लागि प्रख्यात मानिन्छ । मौरीपालनबाट बार्षिक दुई लाख भन्दा धेरै आम्दानी हुन थालेपछि कृषक मौरीपालन व्यवसायतर्फ आर्कषित भएका छन् । मौरीका लागी प्रशस्त चिउरीको विरुवा र उचित हावापानी भएकाले कृषकले मौरीपालन व्यवसाय गरेका हुन् । मौरीको मह बिक्री गरेर कृषकले बार्षिक दुई लाख भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् ।

डडेल्धुरामा उत्पादन भएको मह तराईका साथै काठमाण्डौसम्म बिक्रीका लागि ल्याइने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले डडेल्धुरालाई मह उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरेको छ ।

रोजगारका लागि विदेश जाने तयारी गरेको युवा समेत मौरीपालन व्यवसाय गर्न थालेका छन् । कृषकहरुले महको बजारिकरणको वातवरण बनाउन सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);