पशुपालनतर्फ आकर्षित बन्दै डडेल्धुराका कृषक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पशुपालनतर्फ आकर्षित बन्दै डडेल्धुराका कृषक

विमल जैरु
डडेल्धुरा, १४ फागुन
। डडेल्धुरा आलिताल गाउँपालिकाका कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । कृषकहरुले समूह नै गठन गरेर व्यवसायीक रुपमा जर्सी गाइपालन सुरु गरेका हुन् । गाइपालनबाट राम्रो आम्दानी हुन थालेपछि रोजगरका लागि विदेश पलायन हुनेको संख्या समेत घटेको छ ।

आलिताल गाउँपालिकाका ४० परिवारले तीन बर्षअघि चितवनबाट जर्र्सी गाइ ल्याएर व्यवसाय हुरु गरेका हुन् । समुह नै गठन गरेर गाइपालन सुरु गरेपछि कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । कृषकले दैनिक दुई हजार लिटर दुध उत्पादन गर्ने गरेका छन् । गाउँमै डेरी खुलेपछि दुधबाट बार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको कृषकहरु बताउछन् ।

गाइपालनका लागि जिल्ला पशुसेवा कार्यालय डडेल्धुरा र विभिन्न गैरसरकारी संघ संस्थाले आर्थीक तथा प्राविधक सहयोग गरेका छन् । पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारका लागि विदेश जानेको संख्या घटेको छ । कृषकहरुलाई सीपमूलक तालिम दिने हो भने स्वदेशमै पशुपालनबाट राम्रो आम्दानी गर्नुका साथै रोजगारका लागि विदेश पलायन हुनुपर्ने थिएन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);