नवनियुक्त अर्थमन्त्री डा. खतिवडाद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नवनियुक्त अर्थमन्त्री डा. खतिवडाद्वारा पदभार ग्रहण

काठमाडौं, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार अपरान्ह पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरे लगत्तै उनले संचारकर्मीमाझ अर्थमन्त्रीको रुपमा नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देश गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको स्पष्ट पारे । उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरेका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन अनुसार वाम गठबन्धनले तयार पारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जाहेर गरे ।

नवनियुक्त अर्थमन्त्री खतिवडा विकास र मौद्रिक नीतिका विज्ञ हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

ओली नेतृत्वको अघिल्लो सरकारमा पनि नवनियुक्त अर्थमन्त्री खतिवडाले आर्थिक नीति निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । अर्थमन्त्रीको रुपमा लोककल्याणकारी राज्यको अवधारणा अनुसार अघि बढ्ने उनको योजना छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);