अभियुक्त रेशम चौधरीले दिए अदालतसामु बयान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अभियुक्त रेशम चौधरीले दिए अदालतसामु बयान

कैलाली, १४ फागुन । कैलालीको टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामु बयान दिएका छन् । जिल्ला अदालत, कैलालीमा टीकापुर घटनाका अभियुक्त चौधरीको बयान दिएका हुन् ।

बयान सकिएपछि बादी प्रतिवादीका वकिलको बहस सुरु भएको छ । नयायाधीश परशुराम भट्टराइको इजलासमा जारी बयानमा चौधरीको पक्षमा गंगाराम पाध्य, मिलन राई, गजेन्द्र बहादुर केसी सहित चारजना अधिवक्ताले बहस गर्ने छन् ।यसअघि चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।

२०७२ सालको भदौको पहिलो साता टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या गरिएको थियो । घटनाका मुख्य योजनाकार मानिएका चौधरी अदालतमा मुद्दा परेपछि फरार रहेका थिए ।

चौधरी फरार रहेकै अवस्थामा गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले विजयी भएका थिए ।

चौधरीले चुनाव जितेको प्रमाणपत्र भने पाएका छैनन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी जेलमा रहेकामा रेशम चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);