रेशम चौधरीलाई काठमाडाैँ ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रेशम चौधरीलाई काठमाडाैँ ल्याइयो

काठमाडौं, २६ फागुन । जिल्ला कारागार कैलालीमा आमरण अनसन बसेका टिकापुर घटनाका आरोपित रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ ।

चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि सेती अञ्चल अस्पतालले काठमाडाैँ रिफर गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चौधरीलाई जहाज मार्फत काठमाडाैँ पठाइएको हाे । चौधरीलाई काठमाडौंस्थित केन्द्रिय कारागारबाट थप उपचार गरिने छ ।

प्रतिनिधिसभा सदस्यको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै चौधरी जेलभित्रै अनसन बस्दै आएका थिए । टीकापुर घटनापछि फरार भएका चौधरी कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

चौधरीले गत साता अदालतसामू आत्मसर्मपण गरेका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५६ जनालाई कर्तव्य ज्यान र डाका–चोरी मुद्दा लगाइएको छ । चौधरीसहित २४ जना पुर्पक्षका लागि कारागारमा छन् भने अन्य अभियुक्त फरार छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);