रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले माग्यो कारण देखाउ आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले माग्यो कारण देखाउ आदेश

काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

टिकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । त्यसपछि सरकारले चौधरीलाई आममाफी दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई आममाफी दिएका थिए ।

चौधरीले माफी पाएपछि टीकापुर घटनामै मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । कडायतले राष्ट्रपतिको कार्यालय, रेशम चौधरीसमेतलाई प्रतिवादी बनाएर रिट दायर गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);