रेशम चौधरीको जन्मकैद मिनाहामा सर्वोच्चको असन्तुष्टि (पुर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रेशम चौधरीको जन्मकैद मिनाहामा सर्वोच्चको असन्तुष्टि (पुर्णपाठसहित)

SUPREME_COURT

काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । तराई–मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे अन्तिम फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।

हत्याकाण्डबारे अन्तिम फैसला गत जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको थियो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफ पाएका थिए । चौधरीमाथिको जन्मकैदको माफी मिनाहालाई अदालतले गम्भिर प्रश्न उठाएको छ ।

टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो । चौधरीलाई भने सरकारले सर्वोच्चको फैसला लगतै आममाफी दिएर रिहा गरिसकेको छ ।

हेर्नुहोस् २३० पृष्ठ लामो सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);