रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीको बिरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीको बिरोध

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले बिरोध जनाएका हुन् । उनीहरुले मंगलवार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा बोल्द नागरिक उन्मुक्तिकी केन्द्रिय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माईतीघर पुगेका थिए । उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);