नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।

रेशम चौधरीलाई जन्मकैदको सजाय भएको सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टी जनाउँदै नेपाल बन्दको घोषणा गरेको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो ।

टीकापुर नरसंहारको घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय भएको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले मंगलबार फैसला गरेको थियो । उक्त फैसलाप्रति पार्टीले असन्तुष्टि जनाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिअनुसार मा जेठ ३ देखि ५ गतेसम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाएको छ । साथै, ६ गतेदेखि १० गेतसम्म नेपाल बन्द गर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);