पार्टीभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमालेलाई नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पार्टीभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमालेलाई नेपालको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको जिकिर गर्नुभएको छ ।

बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले पार्टीभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले एमालेभित्र नीति भन्दा नेताप्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै जनताको बहुदलिय जनवादबाट विचलित भएको टिप्पणी गर्नुभयो । पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको बताउनुभयो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमसीसी पास गरेसँगै अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाउनुभयो । नेपाललाई पश्चिमा शक्तिले खेल भूमि बनाउन खोजेकाले नेपालीहरु सचेत रहनुपर्ने उहाँको भनाइ थियो । बाइट…झलनाथ खनाल, सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)
खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको टिप्पणी गर्दै यसको निष्पक्ष छानबिन भइ जडसम्म पुग्नुपर्नेमा जोड दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);