सरकार प्रतिगमनतिर उन्मुख छ, सर्वोच्चले सच्याउँछ : महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

सरकार प्रतिगमनतिर उन्मुख छ, सर्वोच्चले सच्याउँछ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार प्रतिगमनतिर उन्मुख भएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकार गलत बाटाेमा गइरहेकाे आरोप लगाउनुभएको हो ।

उहाँले हालसम्म नेपालमा गठन भएका सबै अन्तरिम सरकारहरु सफल भएपनि वर्तमान सरकार भने सफल हुने बाटोतिर नलागेको बताउनुभयो । जनताको सार्वभौम सत्तामा आधारित संविधानलाई कुल्चिएर बनेको सरकारले जननिर्वाचित संस्थालाई विघटन गरेर अलोकतान्त्रिक कार्य गरेको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको बताउनुहुँदै उहाँले विगतका नजिरका आधारमा पनि सर्वोच्चले संसद पुनःस्थापना गर्ने बताउनुभयो । बहुमत प्राप्त सरकारले गरेको संसद विघटनलाई समेत उल्टाएको सर्वोच्चले संविधानले नै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्नेमा आफूलाई विश्वास नलागेको उहाँको भनाइ छ । उहाँले सरकारलाई संवैधानिक परीक्षणबाट उत्रेपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न आग्रह गर्नुभयो । संवैधानिक परीक्षणमा यो सरकार खरो सावित हुन सम्भव नरहेको उहाँको दाबी छ ।

उहाँले ६ महिनाभित्र चुनाव गराउने कार्यदेश पाएको वर्तमान सरकारले चुनाव गराउने बातावरण नै नबनाएको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई स्थानहद तोकेर सरकारले चुनाव गराउन नसक्ने दाबी गर्नुभयो । प्रमुख पार्टीलाई स्थानहद तोक्ने र चुनाव गर्ने भन्नेकुरा अनुचित भएको बताउनुभयो । सरकारलाई एमाले अध्यक्षको राहदानी रोक्का र स्थानहद तोकिएको निर्णय फिर्ता गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply