काठमाडौं ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाई थियो । उहाँले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताउनु भयो । मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने बताउनु भयो ।
संयोजक प्रसाईंले किसानले मल नपाएको, दुध किसानले भुक्तानी नपाएको जस्ता विषयमा पनि सरकार गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।





