दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् । प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका

साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए । बल्खुमा समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);