काठमाडौंमा आज महेस बस्नेत र दर्गा प्रसाईको प्रदर्शन,७ हजार सुरक्षाकर्मी परिचालन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौंमा आज महेस बस्नेत र दर्गा प्रसाईको प्रदर्शन,७ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं,७ मंसिर । बल्खु र तीनकुनेमा आज प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शन स्थल र जुलुसको बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् । प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपीले गर्ने छन् । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न नमिल्ने भएकोले बल्खुमा भने ड्रोन प्रयोग गरिनेछ ।

बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले तथा काठमाडौँको तीनकुनेमा नेकपा एमाले निकट युवा संघले प्रदर्शन गर्दै छन् । प्रदर्शनको समयमा अन्य सुरक्षा चुनौती नभएको तर, दुई समूहको बिचमा ‘मुठभेड’ हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ ।

बिहीबार दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने छन् । युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका हुन् ।युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ । दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने गरी रुट निर्धारण गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);