सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला दिएर नालायकीपन देखाइरहेको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला दिएर नालायकीपन देखाइरहेको ओलीको आरोप

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले तत्काल सरकार छोड्नुपर्ने बताउनुभएको छ ।

मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने अध्यक्ष ओलीको जिकिर थियो । बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो । सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी गर्दै उहाँले देश अपm्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित र तिरस्कृत हुने पुगेको बताउनु भयो । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको उहाँको आरोप थियो ।

अध्यक्ष ओलीले बामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);