‘वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट’ | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

‘वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट’

काठमाडौं,१९ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो । उहाँले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताउनु भयो । उहाँले स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको बताउनु भयो । रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उद्दण्ड काम सरकारले गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरु पनि अए । स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ । मानका लागि हो त्यो । मानका खातिर मान मात्रै हो । संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ । निर्देशन दिने भनेको ताभुंग पार्न निर्देशन दिने भनेको होइन । सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाव गर्दा गठबन्धनलै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ ? इज्जत, बेइज्जतको ख्याल छैन । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले लुटेर खाइरहेको छ, अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाइृ भंग गरेको हो । सम्मानित अदालतले कामकाजी गर्न आदेश दिएको हो । अदालतको आदेशविपरित सरकार स्थगित गाउन आदेश गर्छ । मैले प्रधानमन्त्रीलाई भर्खरै सोधेँ हारिने भएको साँच्चै हो । प्रधानामन्त्रीले कसरी हार्छ, काँग्रेसले कसरी हार्छ ? स्काउटमा मैले बुझिन । मैले प्रधानमन्त्रीलाई सोधेँ तपाईहरु हार्ने भएको हो ? अलि मिलाएर लैजाऔँ । के भनेको त्यो । मिलाएर लैजाऔँ भनेको के ? रोक्ने आदेश गरेर । यस्तो स्वेच्छाचारिता मनपरी नगर्नुस् । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । के गर्नुहुन्छ थाहा छैन । रेडक्रस चल्न नदिने कस्तो सरकार हो ? उद्दण्डताको पनि हद हुन्छ । गैरआवासीय नेपालीहरुले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने । अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदंगा । कस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ? डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरुले नै जित्नुपर्ने, उनीहरुकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको । यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानूनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानूनी बेथितिसँग चल्ने सरकार हो ।’

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);