राजदरबार हत्याकाण्डमा प्रचण्ड,केपीको सम्लग्नता हुनसक्छ : विश्लेषक रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राजदरबार हत्याकाण्डमा प्रचण्ड,केपीको सम्लग्नता हुनसक्छ : विश्लेषक रायमाझी

काठमाडौं,१९ माघ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले राजदरबार हत्याकाण्डमा प्रचण्डलगायत नेताहरुको सम्लग्नता हुन सक्ने टिप्पणी गरेका छन् । माउन्टेन टेलिभिजनबाट शुक्रबार प्रसारण भएको कार्यक्रम ‘माउन्टेन सम्बाद’मा पत्रकारसँग कुरा गर्दै रायमाझीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,“राजसंस्था रहेसम्म नेपालको सार्वभौमिकता बलियो भयो,नेपाल राष्ट्र बलियो थियो, राजसंस्था समाप्त पारेर विदेशीहरु चलखेल गर्ने क्रिडामा माओवादीलाई गोटी बनाइएको थियो । त्यतिबेला उहाँहरु भारतमा हुनुहुन्थ्यो । त्यसकारण कहि न कतै पक्कै जोडिएको छ । त्यो गोटीभित्र प्रचण्डजी,माओवादीका तत्कालिन नेताहरुको सम्लग्नता नहोला भन्न सकिन्न ।” नेपाली नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रास देखाउने,धम्क्याउने वातावरण बनाउँदै गएमा उनीहरुको भविष्य राम्रो नहुने पनि रायमाझीले चेतावनी दिए ।

राजदरबार हत्या काण्डमा केपी शर्मा ओली पनि जोडिएको उनले दाबी गरे । “सो घटनापछि उहाँ गृहमन्त्री, प्रधानमन्त्री हुनुभयोे ।” सो हत्याकाण्डको छानबिन गर्नका लागि माधव नेपाललाई पनि सदस्य तोकिएको भएपनि उनी सम्मिलित छानबिन समितिले केही पत्ता लगाउन नसकेको उनको तर्क छ ।

उनले भने,“सबै मिलेर दरबारलाई सिध्याएर आरोप जति ज्ञानेन्द्र शाहलाई लगाए । उहाँहरुलाई ज्ञानेन्द्र शाहलाई आरोप लगाएर राजसंस्था फ्याक्न सजिलो भयो ।” रायमाझीले पछिल्लो समय राजसंस्थामाथि जनताको लोकप्रियता बढ्दै गएको दाबी गर्दै राजाप्रति जनताले सहिष्णुता देखाउन थालेपछि नेताहरु आत्तिएको बताए । प्रधानमन्त्री प्रचण्डले ज्ञानेन्द्रको लोकप्रियतालाई घटाउन २०५८ सालको घटनालाई फेरी अनुसन्धान गछौं भनेर तुरुप फालेको उनको भनाइ छ । उनले ज्ञानेन्द्र शाह र जनताले पनि त्यो हत्याकाण्डबारे पर्दाफास होस भन्ने चाहाना राखेको सुनाए ।

लेखक समेत रहेका रायमाझीले मदन भण्डारीको हत्याबारे पनि अहिले सम्म अनुसन्धान नभएको टिप्पणी गर्दै एमालेले सोही हत्याकाण्डलाई ‘दासढुंगा हत्याकाण्ड’ भनेर मागी खाने भाडो बनाएको टिप्पणी गरे । देशमा भ्रष्टाचार बढ्दै गइरहेको भन्दै रायमाझीले राजनीतिको नाममा देश लुट्ने ठेकेदारहरुले मुलुक चलाएको आरोप लगाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे कुरा गर्दै उनले भने,“केपी जीले माक्स,लेलिनको टाउको बोकेर हिड्नु भाछ,उहाँले न माक्र्स बुुझ्या छ, न लेनिन उहाँले न त आफ्नो जीवन दर्शन बुुझ्नु भाको छ अनि उहाँलाई कसरी थाहा हुन्छ ? वैदिक सनातन धर्मको पावन भूमि हो यो । बुुझ्नुपरो नी”

वैदिक सनातन धर्मको विषयमा केपीलाई ज्ञान नभएको दाबी गर्दै रायमाझीले भने,“वैदिक सनातन धर्मको विषयमा बोल्ने केपी जीको त्यो हैसियत छ ? फन्टुस कुरा गरेर धर्मको बारेमा व्याख्या गर्ने । उनले यो ठिक छैन भन्नु भन्दा त्यो भन्दा महामुर्ख ठुलो कुरा अरु के हुनसक्छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);