जनताले आक्रोश ओकल्ने समयको आहाट देखिन थाल्यो : विश्लेषक रायमाझी | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

जनताले आक्रोश ओकल्ने समयको आहाट देखिन थाल्यो : विश्लेषक रायमाझी

काठमाडौं, २१ भदौ । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताले आक्रोश ओकल्ने समयको आहाट देखिन थालेको टिप्पणी गरेका छन् । देशलाई बन्धक बनाएर बिचौलिया र दलालहरूको सेटिङबाट देशवासीहरू प्रताडित हुनु परेको उनको आरोप छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै लेखक रायमाझीले हत्याहिंसा गर्दै सत्तामा पुगेको प्रचण्ड सरकारको शासनकालमा सर्वसाधारण जनताको जीउधनको सुरक्षा नहुने तर्क गरेका छन् । “यही हत्याराहरुको प्रत्यक्ष प्रभावका कारणले पनि भुत्ते खुकुरी बोकेर यदाकदा जनआक्रोश पोखिन थालेको छ ।” उनले लेखेका छन्,“शीर्ष नेताका नाउँमा देश लुट्नेहरुले मुलुकलाई तहसनहस बनाई छाडे । भ्रष्ट प्रशासक तिनैका मतियारहरुले उद्योग कलकारखाना बन्द मात्र गराएनन्,उनीहरुलाई आत्महत्या गर्नुपर्ने परिस्थितिमा पुराएका छन् ।”

लेखक रायमाझीले विद्यमान कर प्रणाली, बैंक तथा वित्तीय संस्थाको मिटरब्याजी धन्दा र तीन तहको सरकारको कर आतंकबाट जनता आत्तिएको बताएका छन् । आफ्नै देशमा केही गरौं भन्नेहरुले दिनप्रतिदिन मातृभूमीलाई छाडेर विदेशमा श्रम पसिना बगाउन जानुपर्ने बाध्यता सरकारले नै खडा गराइदिएको उनको आरोप छ ।

विश्लेषक रायमाझीले वैदेशिक रोजगारीलाई प्रोत्साहन गरेर देशको उर्वर भूमिलाई बाझो बनाउने र राष्ट्रको उद्यमशील शक्तिहरुलाई देशबाट लखेट्ने काम सरकारले नै गरिरहेको टिप्पणी गरेका छन् । दलाल र बिचौलियाको कारण सरकार पनि बाध्य भएको भन्दै उनले लेखेका छन्,“राजनीतिक व्यापारी र भ्रष्टहरुलाई जनताले जहाँ भेटायो त्यही आक्रोश ओकल्ने समयको आहाट देखिन थालेको छ ।”

धार्मिक, आर्थिक र सांस्कृतिक पद्धति माथि कुनै किसिमको चोट पुग्ने काम गरियो भने देशभक्त नेपालीहरुले टुलुटुलु हेरेर नबस्ने पनि उनले चेतावनी दिएका छन् । दलीय संकीर्णता भन्दा माथि उठेर देशको सार्वभौमिकताको रक्षाको लागि नागरिकहरु एकजुट हुनुपर्ने बेला आएको भन्दै रायमाझीले हिन्दु धर्मालम्बीको संस्कृतिमाथि गौहत्या गरेर जघन्य अपराध भइरहेको नियोजित आक्रमणलाई प्रतिकार गर्न सुरु भइसकेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सरकारलाई कठपुतलीको संज्ञा दिदैं उनले देशभक्त नागरिकहरुमाथि कुनै किसिमको हस्तक्षेप गर्ने चेष्टा गरेमा त्यसको परिणाम सरकार स्वयंले नै भोग्नुपर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);