पूर्वजले रगत बगाएको देशलाई विखण्डन हुन नदिने प्रतिज्ञा गर्नुपर्छ : विश्लेषक रायमाझी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

पूर्वजले रगत बगाएको देशलाई विखण्डन हुन नदिने प्रतिज्ञा गर्नुपर्छ : विश्लेषक रायमाझी

काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले पृथ्वी जयन्ती एवं राष्ट्रियता दिवसको अवसरमा शुभकामना दिदैं समस्त नेपालीहरुमा सार्वभौम अखण्डताको रक्षा गर्न एक हुनुपर्ने बेला आएको बताउनु भएको छ ।

एक विज्ञप्ती जारी गर्दै लेखक रायमाझीले राष्ट्रको भाषा–संस्कृति परम्परा र प्राचीन इतिहासलाई जोगाउन पनि सबै एक हुनैपर्नेमा जोड दिनुभएको हो ।

‘आज मपाईं र तपाईं भन्दा यो देश हाम्रो हो राजनीति भइरहन्छ, सत्तामसको आउने जानी भन्दापनि देशको रक्षा गर्नको निमित्त तुषहरुलाई मेटेर संसारभर छरिएका नेपाली एक भएर गौरव गर्न सक्ने वातावरण बनाउन हामी तम्तयार हुनसक्छ ।’–उहाँले लेख्नु भएको छ ।

हाम्रा पूर्वजहरुले रगत पसिना बगाएर आर्जेको देशलाई विखण्डन हुन नदिने प्रतिज्ञा गर्नुपर्ने उहाँको भनाइ छ

Leave a Reply