उद्योगपति, व्यवसायी हुनु के अपराध हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उद्योगपति, व्यवसायी हुनु के अपराध हो ?

काठमाडौं, २२ फागुन । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले व्यवसायीहरुले राजनीतिक दलका नेताहरुको चाकडी गर्न नुहने सुझाव दिएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले राजनीतिलाई बढी व्यवसायीहरुले महत्व दिएका कारण अपहेलित भएको दाबी गरे ।

राष्ट्र निर्माण सम्पुर्ण उद्योग व्यापारीहरुको महत्वपुर्ण योगदान रहेको बताउँदै उनले भने,“नेताहरुको बढी चाकडी,गुलामी गरेकै कारण व्यवसायी,व्यापारीहरुलाई हेप्न थाले,चाकडी गर्न छाड्नुस्त । तपाईहरुले देश बनाउन सार्मथ्य राख्नुहुन्छ ।”

राज्यले व्यवसायीहरुलाई अपहेलना गरेको भन्दै लेखक समेत रहेका रायमाझीले उद्योगपति हुनु अपराध नभएको बताए । “सारा श्रीसम्पत्ति बैंकमा राखेर उद्योग व्यवसाय गर्नुहुन्छ । कयौं कष्टहरु छन् यति हुँदाहुँदै पनि व्यापारीहरुलाई राज्य प्रशासनले बेवास्था गर्छ । एउटा सामान्य कर्मचारीले पनि उपेक्षाको दृष्टिले हेर्छ त्यो मैले नजिकबाट नियालीरहेको हुन्छु । उद्योगपति व्यवसायी हुनु के अपराध हो, पुलिस ल्याएर लखेटिनुपर्ने ?”–उनले भने ।

लुट्ने, गुण्डागर्दी गर्नेको हातमा राज्य पुगेको टिप्पणी गर्दै तिनीहरुको दास बन्नुपरेको भन्दै उनले सरकारको कडा आलोचना गरे । “राजनीतिकै कारण आज हरेक क्षेत्र आन्दोलित छ, एयरपोर्टमा भिड लागेको छ,आज तपाइहरुकै कारणले होइन । जनतालाई देशप्रति विश्वास भएन,नेताप्रति सद्भाव भएन ।”–उनले भने,“न्याय दुई किसिमको हुन थाल्यो,बिकाउ हुँदै जाँदा न्यायालय ध्वस्त हुन थाल्यो । जहाँ न्याय पाइन्छ भन्ने आशा हुने स्थानमै न्यायमुर्तिहरु बिकाउ हुन थाले ।”

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);