देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकारे : मन्त्री रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकारे : मन्त्री रायमाझी

काठमाडौं, १२ पुष । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ ।
आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको हो ।

मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भिरतापूर्वक लिई जिम्मेवारी पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौं भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौ । त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुप¥यो । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडी बढाउने कामलाई हामिले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’ 

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको  विकल्प नरहेको पनि बताउनुभयो । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफु सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताउनुभयो । उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुने तर्फ अगाडी बढाउने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);