प्रदेश सरकारहरु पनि असुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश सरकारहरु पनि असुरक्षित

काठमाडौं, १२ पुष । संघीय संसद विघटन संगै सत्तारुढ नेकपा विभाजनको संघारमा पुगेको छ । केन्द्रीय सरकारमा मन्त्रिमण्डल फेरबदल भएको छ । दाहाल—नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका छन भने प्रधानमन्त्री ओली पक्षका नेताहरुले नयाँ मन्त्रीको रुपमा सपथ लिएका छन । पार्टी भित्र बढेको अन्र्तद्वन्द्व र केन्द्रीय सरकारमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा पनि देखिएको छ ।

बाग्मती प्रदेश र प्रदेश नं. १ मा प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भईसकेको छ । प्रधानमन्त्री ओली समूहका नेताहरु मुख्यमन्त्री रहेका यी प्रदेशहरुमा दाहाल—नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावको लागि हस्ताक्षर संकलन भएको आशंका गरिएको छ । हस्ताक्षर संकलनको प्रकृति चाँहि सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको भन्दा फरक देखिन्छ ।

यो प्रदेशमा पूर्व माओवादी नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन । नेकपा भित्रको हालको शक्ति समिकरणमा उनी पुष्पकमल दाहाल निकट नेता हुन । भट्ट विरुद्ध दाहाल—नेपाल समूहकै सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता डा. भीम रावल निकट सांसदहरुले हस्ताक्षर संकल्न गरिरहेको बुझिन्छ । दाहाल—नेपाल समूहबाट पार्टी महासचिवको दौडमा रहेका रावलले आफूलाई उक्त पदमा पक्का गर्न सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध आफू निकट सांसदहरुको हस्ताक्षर संकल्न गरिरहेको आंकलन गरिंदै छ ।

शनिबार संकलन भएको भनिएको हस्ताक्षर सम्भवत आईतबार सुदूरपश्चिम प्रदेश सभामा दर्ता हुनेछ । सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध भीम रावल निकट नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेमा त्यो दाहाल—नेपाल समूह निकट नेताको सरकार विरुद्ध आफ्नै समूहबाट दर्ता भएको पहिलो अविश्वासको प्रस्ताव हुनेछ । यसबाट नेकपा भित्र दाहाल—नेपाल समूहले ठोस आकार नलिदै विवाद बढ्ने सम्भावना पनि उत्तिकै प्रवल देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);