प्रदेश सभा भंग गरेर देखाउन नेता भीम आचार्यको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश सभा भंग गरेर देखाउन नेता भीम आचार्यको चुनौती

सरोज बस्याल
काठमाडौं, ८ फागुन ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश १ सभा भंग गरेर देखाउन चुनौती दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य आचार्यले यस्तो चुनौती दिएका हुन् । पछिल्लो समय प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा भंग गर्ने चेतावनी दिएको प्रति लक्षित गर्दै उनको यस्तो भनाई आएको हो ।

यस्तै उनले संविधान र पार्टीको विधान विपरीत सरकार अगाडि बढेकाले प्रदेश नम्बर १ मा अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । काठमाडौंमासरकारी पक्षबाट संविधान र पार्टीको विधानलाई च्यात्ने काम भएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको उनको दावी छ ।

पार्टी र सरकार बनाउन बहुमत आवश्यक पर्ने उनको भनाइ छ । बहुमत र अल्पमत सडकमा टाउका गनेर नहुने भन्दै त्यसका लागि संसद् आवश्यक पर्ने नेता आचार्यले बताए । सरकारले नै आव्हान गरेको संसद् सरकारी पक्षले नै अवरोध गर्ने विश्वमा नै नभएको अभ्यास नेपालमा भएको उनको आरोप छ । उनले भने–‘बहुमत अल्पमत भन्ने विषय सडकमा टाउँको गन्ने विषय होइन । हामीले सडकमा टाउँका गन्नुपर्छ पनि भनेका छैनौ । टाउँका सदनमा गन्ने हो । संसारमा कतै नभएको निर्लज्जता प्रदर्शन गरेर आफैले बोलाएको संसद आफैले अवरोध गर्ने । लोकतन्त्रमा कही हुन्छ यस्तो ?’

त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको समूहले प्रदेश सभा भंग गरे आफूहरुले पुर्नस्थापना गरेर देखाउने उनले ठोकुवा गरे । लोकतान्त्रिक विधिबाट प्रदेश सरकारलाई अगाडि बढान माग गर्दा नेता तथा कार्यकतालाई धम्काउने काम भएको उनको आरोप छ । आफूहरु प्रतिगमनाका विरुद्ध आन्दोलनमा अगाडि बढ्दा जनताले साथ दिएकाले प्रतिगमनलाई घुँडा टेकाएरै छाड्ने उनको भनाइ छ ।

‘अल्पमतको सरकारलाई जि÷हजुर गरेर छोडेदेखि प्रतिनिधि सभा पनि रहने । प्रदेश सभा पनि रहने । तिमी अल्पमतमा छौ । लोकतान्त्रिक तरीकाले चल । लोकतन्त्रलाई सुढृण गर भन्दा प्रदेश सभा भंग गर्ने धम्की दिने’–उहाँले भन्नुभयो–‘ त्यस्ता धम्कीले कोही पनि डराउँदैन । किन भने हामी प्रतिगमन विरोधी आन्दोलनमा छौँ । जनताले साथ दिएका छन् । प्रतिगमनकारी सरकारलाई घुँडा टेकाएरै छाड्छौ ।’

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै लामो समयदेखि प्रदेश सभाको बैठक सञ्चालन हुन सकेको छैन । तर आइतबारदेखि निरन्तर रुपमा प्रदेश सभाको बैठक सञ्चालन हुने नेता आचार्यको भनाइ छ । प्रदेश सभामा पहिले अविश्वासको प्रस्ताव पारित गरेपछि सबैसँग मिलेर सरकार बनाउनका लागि छलफल गरिने उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);