नेकपा अध्यक्ष ओलीलाई दाहाल–नेपाल पक्षले सोध्यो स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपा अध्यक्ष ओलीलाई दाहाल–नेपाल पक्षले सोध्यो स्पष्टिकरण

काठमाडौं ,५ माघ । दाहाल–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको पत्र बुझाएको छ । स्पष्टिकरण पत्र लिएर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार बालुवाटार पुग्नुभएको थियो ।

स्पष्टिकरण पत्र बालुवाटारको गेटमा बुझाइएको थियो । गत माघ २ गते बसेको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टिरकण सोध्ने निर्णय गरेको थियो । सोमबार बुझाइएको स्पष्टिकरण पत्रमा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने भनि सोधिएको छ ।

गत पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सरकारको सिफारिस सदर गर्नुभएको थियो । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरिएको भन्दै तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको नेकपाले विरोध गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);