नेपाल पक्षका नेताहरु बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल पक्षका नेताहरु बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरु आज बैठक बस्ने भएका छन् ।

गएको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुसँग भेला बस्न लागेका हुन् ।

सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सो पछि साँझ बसेको नेपाल पक्षको बैठकले स्पष्टिकरण नदिने निर्णय गरेको थियो ।

देउवालाई ओली पक्षका ८ सांसदसहित २२ सांसदले फ्लोरक्रस गर्दै विश्वासको मत दिएका थिए । एमालले स्पष्टिकरण सोध्ने निर्णय गरेपनि नेताहरुले भने स्पष्टिकरण नपाएको बताएका छन् ।
मंगलबार बिहान नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);