जसपाको यादव पक्षको संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जसपाको यादव पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

दलको विधान, संसदीय दलको नेता चयन, सरकारमा सहभागीका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।

आजको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारमा जाने मन्त्रीका चयनका विषयमा समेत छलफल हुने बताइएको छ ।

मन्त्री चयनपूर्व संसदीय दलको विधान बनाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ ।

जसपा महन्थ ठाकुर पक्षले भने केही महिना अघि नै संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिसकेको थियो ।ठाकुर पक्षले बहुमत प्रतिनिधिसभा सदस्यको हस्ताक्षरबाट महतोलाई संसदीय दलको नेता बनाइएको दाबी गर्दै आएपनि यादव पक्षले भने त्यसको विरोध गर्दै आएको छ ।

जसपाको आधिकारिकता विवाद हाल निर्वाचन आयोगले हेरिरहेको छ । आयोगले इजलास नै गठन गरेर समस्या समाधान टुंगो लगाउने प्रक्रियामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);