जसपाका अध्यक्षद्वय ठाकुर र यादव भेटवार्तामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जसपाका अध्यक्षद्वय ठाकुर र यादव भेटवार्तामा

काठमाडौं । पछिल्लो समय विभाजन निकट पुगेको जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ।

पार्टी कार्यालय बालकुमारीमा दुईअध्यक्षबीच भेटवार्ता भईरहेको हो । पार्टीका ठाकुर र राजेन्द्र महतो पक्ष र यादव बावुराम भट्टराई पक्षबीच विवाद बढ्दै गएको छ ।

पार्टीमा रहेको मतभिन्नता तथा पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल केन्द्रीत रहेको बताइएको छ ।

यसअघि शनिबार यादव–भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको थियो भने ठाकुरले विज्ञप्ति जारी गर्दै कुनै बैठक नबोलाइएको बताएका थिए । त्यसैगरी ठाकुर पक्षले शुक्रबार राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो तर हिजो नै यादव पक्षले विज्ञप्ति जारी गर्दै कसैलाई संसदीय दलको नेता चयन नगरिएको बताएका थिए ।

यो पनि पढ्नुहोस

जसपामा यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समितिको बैठक
महन्थ ठाकुर
जसपाको कार्यकारिणी समितिको बैठक नडाकिएको ठाकुरको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा सतहमा आएको जसपाको विवाद कांग्रेस नेतृत्वको गठबन्धनको सरकार निर्माणमा ठाकुर पक्षले समर्थन नगरेपछि उत्कर्षमा पुगेको छ ।

गएको बैशाख २७ गते प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत मागेका बेला ठाकुर पक्ष तटस्थ रहेको थियो भने यादव पक्षले विपक्षमा मतदान गरेका थिए ।

त्यसैगरी यादव पक्षले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार निर्माणको कसरतमा लागेका बेला ठाकुर पक्षले समर्थन गर्न अस्वीकार गरेका थिए । जसकारण गठबन्धनको सरकार निर्माण असफल भएको थियो र ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);