ठाकुर र यादवको संयुक्त विज्ञप्ति : तत्काल सरकारमा नजाने, आफ्नै नेतृत्वमा भए अगाडि बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ठाकुर र यादवको संयुक्त विज्ञप्ति : तत्काल सरकारमा नजाने, आफ्नै नेतृत्वमा भए अगाडि बढ्ने

काठमाडौं । जनता समाजवादी पार्टीले तत्कालका लागि सरकारमा नजाने निर्णय गरेको छ । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्र विज्ञप्ति जारी गर्दै सरकारमा नजाने निर्णय सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा पार्टी हाल प्रतिपक्षी मै बस्ने तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए सरकार गठनका लागि अघि बढ्ने उल्लेख गरिएको छ ।

“पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवंअड्कलबाजीहरु भईरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ । ”

आठ बुँदे विज्ञप्तिमा पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरिएको छ ।

जसपामा पछिल्लो समय आन्तरिक विवाद चर्किरहेको छ । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो एकातिर छन् भने अर्का अध्यक्ष यादव र डा. बावुराम भट्टराई एकातिर छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा भने पार्टी भित्रको विवाद सतहमा आएको थियो । ठाकुर महतो पक्ष तटस्थ बसेको थियो भने यादव भट्टराई पक्षले विपक्षमा मत दिएका थिए ।

त्यसैगरी ठाकुर पक्षले पार्टीको विधान विपरीत नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको भन्दै यादव भट्टराई पक्ष रुष्ट भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);