जसपाले राष्ट्रपतिलाई गरायो जानकारी : गठबन्धन सरकारमा जाँदैनौँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपाले राष्ट्रपतिलाई गरायो जानकारी : गठबन्धन सरकारमा जाँदैनौँ

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी जसपा नयाँ बन्न लागेको गठबन्धन सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताएका हुन् । शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएर गठबन्धनको सरकारमा नजाने जसपाले स्पष्ट पारेको हो ।

राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तिब्र पारेको छ । तीनदिनको समय सिमा भोलि राति नौ बजे सकिँदै छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);