दिवंगत चौलागाईको निधनप्रति एमालेले ३ दिन आधा झण्डा झुकाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दिवंगत चौलागाईको निधनप्रति एमालेले ३ दिन आधा झण्डा झुकाउने

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी केन्द्रीय कार्यालयसहित जिल्ला पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।

कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);