गण्डकीको राजनीतिमा उतारचढाव, प्रदेश प्रमुखलाई राजमो थापाले पठाए तटस्थ रहेको पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गण्डकीको राजनीतिमा उतारचढाव, प्रदेश प्रमुखलाई राजमो थापाले पठाए तटस्थ रहेको पत्र

पोखरा । गण्डकी प्रदेशको राजनीतिमा उत्तरचढाव आइरहेको बेला राष्ट्रिय जनमोर्चाका नामबाट दुईथरी दावी प्रदेश प्रमुखको कार्यलयमा पुगेका छन् ।

राष्ट्रिय जनमोर्चा पार्टीले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् । तर यता,राष्ट्रिय जनमोर्चाले दलबाट हटाएको भनिएका दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरेका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);