निर्वाचन आचार संहिता लागु भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति अर्थपूर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्वाचन आचार संहिता लागु भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति अर्थपूर्ण

काठमाडौं, १९ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि अहिले निर्वाचन आचार संहिता कार्यान्वयनमा रहेको छ । निर्वाचन आचार संहिता कार्यान्वयन भइसकेको अवस्थामा सरकारले सातै प्रदेश प्रमुखलाई हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

कार्तिक ८ गतेदेखि आचार संहिता लागु हुँदा प्रदेश प्रमुखको नियुक्ति के हुन्छ ? अहिले राजनीतिक वृत्त तथा सर्वसाधारणको मनमा यही कुराले खुल्दुली भएको छ ।

सरकारले दुई दिन भित्र सातै प्रदेश प्रमुखलाई पदमुक्त गरी सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गरेको छ । नियुक्त प्रदेश प्रमुखले राष्ट्रपतिबाट पद तथा गोपनीयताको समथ पनि लिइसकेका छन् ।

कार्तिक ८ गतेदेखि उपनिर्वाचनको आचार संहिता कार्यान्वयनमा आइसकेको अवस्थामा पदमुक्त र नयाँ नियुक्ती के होला ? सबैको मनमा उठ्ने जिज्ञासा हो यो । दुई तिहाईको सरकार बनेको झण्डै २ वर्षसम्म प्रदेश प्रमुखलाई नहटाएको यो सरकारले निर्वाचन आचार संहिताको समयमा प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले नयाँ पदपुर्ति नगर्न तीनै तहको सरकारलाई भनेको छ । तर केन्द्र सरकारबाटै हटाउने र नयाँ राख्ने काम भएको छ । यसलाई निर्वाचन आयोगले कसरी हेरेको छ त ?

निर्वाचन आचारसंहिताको यो समयमा अहिले सरकारले गरेको निर्णय अनिवार्य हैन । सरकारले यो समयमा नभई आचारसंहिता सुरु हुनु अघि या निर्वाचनपछि मात्र नियुक्ति गरेको भए उपयुक्त हुने कानुनविदहरु बताउँछन ।

निर्वाचन आचारसंहिताको समयमा नै सरकारले नियुक्ति या पदमुक्त गर्नुले सरकार नै आचारसंहिताको खिलाप लागेको सर्वसाधारणको बुझाइ छ । कानुनी व्यवस्था अनुसार नै रहेको भएपनि यो समयमा यस्तो कार्य गर्न नहुने उनीहरुको तर्क छ ।

निर्वाचन आचारसंहिताको दृष्टिले निर्वाचन सानो या ठुलो भन्ने हुँदैन । अहिले नियुक्त भएका सबै प्रदेश प्रमुखहरु राजनीति वृतकै हुन् । प्रदेश प्रमुख आलंकारिक पद भएपनि यो विश्वविद्यालयको उपकुलपति भन्दा निर्वाचनमा असर पार्ने पद हो ।

पूर्ववर्ति सरकारको निर्णय मन नपरेकोमा सरकारलाई कानुन अनुसार फेरबदल गर्न सक्ने अधिकार छ । सरकार बनेको करिब २ वर्षसम्म मौन रहेर निर्वाचनको बेलामा यस्तो निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कसैकसैले यसलाई अघिल्लो सरकारलाई रिस फेर्ने शैलीका रुपमा पनि बुझेका छन् । अघिल्लो नेपाली कांग्रेसको नेतृत्वमा रहेको देउवा सरकारले, नयाँ निर्वाचनका परिणाम आइसकेपछि सरकार छोड्ने बेलामा प्रदेश प्रमुखहरुको सिफारिस गरेको थियो । अहिले भने सरकारले निर्वाचन आचार संहिता लागू भएको बेला प्रदेश प्रमुखको निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);