प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता लागू | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं, १४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट आचार संहिता लागू गरेको छ ।

 

आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबारदेखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिए ।

 

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने स्पष्ट पारेको छ ।

 

आयोगका आयुक्त शाहले उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने उल्लेख गरेको छ । निर्वाचन आयोगले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);