मधेसी नेता भित्राउँदै माओवादी, गुप्तालाई पनि ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौँ, १५ भदौ । मधेसवादी राजनीतिका जग हालेका नेपाल सद्भावना पार्टीका दुई जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने केहि नेताहरु प्रवेश गर्ने क्रममा छन्। निर्वाचनको मुखमा आएर आफ्नो र परिवारका राजनीतिक सुरक्षित गर्न दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

 

नेसपाका संस्थापक महामन्त्री अनिस अन्सारी मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् भने बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका छन् ।

 

माओवादी केन्द्रले अन्य मधेस केन्द्रीत दलका नेतालाई पनि पार्टीमा भित्राउने तयारी गरेको पाइएको छ । नेपाल सद्भावना पार्टीका तत्कालिन नेता श्यामसुन्दर गुप्तालाई माओवादी केन्द्रमा प्रवेश गराउने तयारी हुँदैछ । गुप्ता विभिन्न मुद्दामा जेल सजाय काटेर राजनीतिमा फर्किन लागेका हुन् । आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);