बाबुरामलाई अर्को झट्का, उम्मेदवारसहित एक दर्जन कार्यकर्ता माओवादीमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाण्डौँ, १२ कार्तिक । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टीमा नव प्रवेशीलाई स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको समेत बताए ।

आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए । उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको समेत बताए ।

गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुन् । केही दिन अघि पनि नयाँ शक्ति गोरखाका दुई दर्जन नेता कार्यकर्ता माअ‍ोवादीमा प्रवेश गरेका थिए ।

“सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने – “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);