दाङ-२ मा छान्यो गठबन्धनले उम्मेदवार, संघमा महरा, प्रदेशमा पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनललाई सकस परेको दाङको उम्मेद्वार छनोटमा बल्ल समझदारी बनेको छ। शनिबार बसेको वाम गठबन्धनको संयोजन समितिले सिट बाँडफाँडमा दाङ-२ मा माओवादीका नेता कृष्णबहादुर महरा र प्रदेशमा एमालेका नेता शंकर पोखरेलले उम्मेद्वारी दिने समझदारी बनेको हो।

झापा, सुनसरी, उदयपुर, चितवन र सल्यानमा कुन क्षेत्र कसले लिने भन्ने टुंगिन बाँकि रहेको संयोजन समितिका एक नेताले खबरडबलीलाई जानकारी दिए।

कसको कहाँ दाबी ?

झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई/दुई सिट दाबी
चितवन २ र सल्यान दुबै दलको प्रतिनिधिसभामा दाबी
सल्यानको प्रतिनिधिसभा छाड्न एमाले तयार तर प्रदेश सभाको दुवै सिटमा दाबी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);