प्रतिनिधिसभामा माओवादीलाई ५६ सिट, कुन जिल्लामा कति सिट दाबी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २ कार्तिक । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको छ। ४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका दिने भएका छन्।

राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्यदलले त्यसरी भागबन्डा प्रस्ताव तयार पारेको हो। ‘अरूलाई पनि मिलाउनुपर्ने भएकाले ५६ सिट मात्र पाउने दाबी गरेका हौँ,’ माओवादी नेता बस्नेतले भने । प्रदेश सभा प्रत्यक्षतर्फ तीन सय ३० सिटमध्ये माओवादी केन्द्रले १ सय ३२ सिट दाबी गरेको छ।

यी जिल्लामा माओवादीको दाबी

माओवादी संगठन प्रदेश नम्बर ६, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा अन्य प्रदेशभन्दा राम्रो छ। रोल्पा, सल्यान, रुकुम, जाजरकोट, कालिकोट, मुग, जुम्लामा सबै माओवादीले पाउनुपर्ने दाबी गरेको छ। दैलेख र सुर्खेतमा एउटा निर्वाचन क्षेत्र भए पनि पाउनुपर्ने दाबी छ। यस प्रदेशमा माओवादी संगठन बलियो भएकाले धेरै सिट पाउनुपर्ने दबाब दिँदै आएको छ।

प्रदेश नम्बर २ मा माओवादी संगठन राम्रो भएकाले ६० प्रतिशतभन्दा धेरै उम्मेदवार हुनुपर्ने माओवादी भनाइ छ। प्रदेश नम्बर १, प्रदेश नम्बर ३ र ४ मा माओवादीले धेरै दाबी गरेको छैन। यस्तै, प्रदेश नम्बर ५ र ७ मा सम्मानजनक सिट पाउनुपर्ने दाबी माओवादीको छ। प्रदेशअनुसार एमाले-माओवादी ६०-४० प्रतिशत नभए पनि समग्रमा ६०-४० भए हुने माओवादी तर्क छ। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);