सिट बाँडफाँट गर्न बनेको कार्यदलले आज प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सिट बाँडफाँट गर्न बनेको कार्यदलले आज प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने भएको छ ।

आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्यले जानकारी दिए । ‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ उनले भने ।

यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर सहमति नजुट्दा निर्धारित समयसीमामा कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।

स्रोतका अनुसार प्रतिनिधि सभामा कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास आज बिहानको बैठकमा पनि हुने छ । यदि सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);