बालुवाटारमा कार्यदलको निर्णायक भनिएको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

बालुवाटारमा कार्यदलको निर्णायक भनिएको बैठक सुरु

काठमाडौं। बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सुरु भएको छ। गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक सुरु भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु र आजको बैठक निर्णायक हुने बताइएको छ। बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ। मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Leave a Reply

ताजा समाचार