माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल 

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ। बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो । यही ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत पनि राखेका थिए । उनी महासचिव पदको आकांक्षी थिए। पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोखेका हुन् । अखिल क्रान्तिकारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको रुपमा उपस्थित भएको बताए । अर्थात् उनले उपमहासचिव पद अस्वीकारको अर्थ लाग्ने गरी अभिव्यक्ति दिए ।आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उनले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गरे्
यसपछि  कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई राजनीतिक रुपमा हुर्काउन आफूले मुख्य भूमिका खेलेको जवाफ दिए।

पार्टीभित्र आफूले आफ्नो उत्तराधिकारी खोजेको र तयार होऊन् भन्ने चाहेको शर्मालाई लक्षित गर्दै जवाफ दिएका प्रचण्डले अब आउने उत्तराधिकारीले पनि पार्टीलाई एकताबद्ध गरेर लैजाउनुपर्नेमा जोड दिए।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);