कार्यदलको निर्णायक भनिएको आजको बैठक अझै सुरु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कार्यदलको निर्णायक भनिएको आजको बैठक अझै सुरु भएन

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अझै सुरु हुन सकेको छैन ।

शनिबार दुई बजे बस्ने भनिएको बैठक अझै सुरु नभएको हो । कार्यदलका नेता माधवकुमार नेपाल पक्षका नेताहरु नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । कार्यदलको बैठकका लागि सिंहदरबार पुगीसकेका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु भने सिंहदरबार मै रहेको बताइएको छ ।

कार्यदलको शुक्रबार बसेको बैठकले पार्टी एकता एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको बताएको थियो ।

बैठकमा सहभागी प्रदीप ज्ञवाली र गोकर्ण विष्टले शुक्रबार सहमति निष्कर्षमा पुगेको र शनिबारको बैठकबाट भाषा मिलाएर सहमति तथा निर्णय सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

आजै यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);