मुख्यमन्त्रीमा को ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले प्रदेशसभामा विजय हासिल गरेका छन् । एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शेरधन राई, किरण गुरुङ, प्रकाश ज्वालासहित दर्जन नेता प्रदेशसभामा विजयी भएका छन् । भीम आचार्यको भने मतगणना जारी छ ।

प्रदेश १ को प्रदेशसभामा ५६ सिट रहेकोमा ३४ सिटमा एमालले विजयी हासिल गरेको छ । त्यसमा माओवादी केन्द्रले १३ र नेपाली कांग्रेसले ७ सिट जितेको छ भने संघीय फोरमले १ सिट जितेको छ । सुनसरी ३९ख० को गणना जारी रहेको छ । प्रदेश १ मा एमालेको सुविधाजनक बहुमत भएकाले एमालेकै तर्फबाट मुख्यमन्त्री बन्नेछ । त्यसमा दाबेदारमध्येका शेरधन राईले भोजपुरबाट जित हासिल गरिसके भने आचार्यको सुनसरी ९ख० मा मतगणना भइरहेको छ ।
त्यसैगरी प्रदेश २ मा ६२ सिटमध्ये संघीय फोरमले २० सिटमा जित हासिल गरेको छ । यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले १५ सिट, नेकपा एमालेले १३ सिट, नेपाली कांग्रेसले ८ सिट, माओवादी केन्द्रले ७ सिट र स्वतन्त्र १ सिटमा विजयी भएका छन् । समानुपातिकतर्फ पनि मधेसवादी गठबन्धनले अग्रता लिइरहेको छ । त्यहाँ संघीय फोरम र राजपा मिलेर मुख्यमन्त्रीसहित प्रदेश सरकार गठन हुने सम्भावना रहेको छ ।
यो प्रदेशको मुख्यमन्त्रीका लागि राजपा र फोरम दुवैले दाबी गरेका छन् । पर्सा–१९ख० बाट विजयी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र सप्तरी–२९ख० बाट विजयी राजपा महासचिव मनीषकुमार सुमन मुख्यमन्त्रीको चर्चामा छन् । अन्य पार्टीको सरकार बनेमा सप्तरीबाट विजयी एमालेका सत्यनारायण मण्डल मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश ३ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ६६ रहेकोमा नेकपा एमाले एक्लैले ४२ सिट जितेको छ । यहाँ माओवादी केन्द्रले १५, नेपाली कांग्रेस ७, नयाँ शक्ति पार्टी १ र मजदुर किसान पार्टीले १ सिट जित हात पारेको छ । प्रदेश ३ का लागि एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल र माधव पौडेलको दाबी छ ।
प्रदेश ४ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ३६ रहेकोमा एमाले एक्लै १८ सिटमा विजयी भएको छ । माओवादी केन्द्र ९, नेपाली कांग्रेस ५, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति पार्टी १ सिटमा विजयी भइसकेको छ भने स्याङ्जाको १ सिटको मतगणना जारी छ । यहाँ एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटब्युरो सदस्य किरण गुरुङले दाबी गरेका छन् ।

प्रदेश ५ मा प्रत्यक्ष निर्वाचित हुने ५२ सिट रहेको छ । जसमा नेकपा एमाले २८ सिटमा विजयी भएको छ । माओवादी केन्द्रले १६, नेपाली कांगे्रस र संघीय फोरमले ३÷३ सिटमा जित निकालेको छ । यस प्रदेशमा एमालेकै मुख्यमन्त्री बन्ने भएकाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको एकल दाबी रहेको छ ।
प्रदेश ६ मा प्रत्यक्षतर्फको २४ सिटमा एमाले १४ सिटमा विजयी भएर पहिलो बनेको छ । त्यस्तै, माओवादी केन्द्रले ९ स्थान जित्दा कांग्रेसका जीवनबहादुर शाही मात्रै विजयी भए । प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला पनि दाबेदार छन् । प्रदेश ६ मा माओवादी केन्द्रको पनि दाबी छ । माओवादीले मुख्यमन्त्री पाउँदा बलियो दाबेदार पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाही हुन् । प्रदेश ७ मा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ३२ रहेकोमा एमाले एक्लै १६ सिटमा विजयी भएको छ । माओवादी केन्द्रले ८, नेपाली काग्रेसले ५, राजपाले १ स्थानमा जित्दा २ स्थानको परिणाम आउन बाँकी रहेको छ ।
यस प्रदेशमा एमालेका कर्ण थापाले दाबी गरे पनि उनी समानुपातिकमा रहेका छन् । माओवादी केन्द्रले दाबी गरिरहेकाले त्यहाँ बैंकर झपट बोहोरा, अक्कल रावल, वीरमान चौधरीको पनि दाबी रहेको छ । राजधानी