विधानसभा निर्वाचनमा भाजपालाई नराम्रो धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विधानसभा निर्वाचनमा भाजपालाई नराम्रो धक्का

एजेन्सी, २६ मंसिर । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको हो ।

पाँच मध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । तीनै राज्यमा उसले हार बेहोरेको छ । मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ । मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ ।

त्यसैगरी छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ । यो प्रदेशमा कूल ९० सिटको प्रदेशसभामा भारतीय कंग्रेस पार्टीले ६८ सिटसहित बहुमत हासिल गरेको छ ।

सत्ताधारी दल भाजपा १६ सिटमै सिमित भएको छ । पाँच वर्षअघि भएको निर्वाचनमा यहाँ भाजपाले ४९ सिट जितेको थियो । राजस्थानमा २०० सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ । त्यसैगरी दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ ।

कूल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरए गठबन्धनले ८८ सिटमा विजयी भएको छ । कंग्रेस र तेलगुदेशम् पार्टी गठबन्धनले १९ सिट जितेको छ । अघिल्लो निर्वाचनमा पाँच सिट जितेको भाजपा यस पटक एक सिटमा सिमित भएको छ ।

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कंग्रेसले मिजोरममा भने नमीठो हार बेहोसेको छ । ४० सिटको मिजोरम विधानसभामा कंग्रेस ५ सिटमा सिमित भएको छ । त्याँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ ।

भारतीय जनता पार्टीको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख रुपमा जिम्मेवार ठानिएको छ ।त्यस्तै भाजपाले चुनावताका दिएको धार्मिक अतिवादको नाराविरुद्धको अभिमतसमेत रहेको कतिपयको विश्लेषण रहेको छ ।

मिरोरमका मुख्यमन्त्री एवं राहुल गान्धी नेतृत्वको कांग्रेसका नेता लाल थानहावला पराजित भएका छन्। मिजोरमका दुई वटा सिटमा प्रतिष्पर्धा गरेका थानहावलाको विधानसभाको बाटो बन्द भएको हो ।

चुनावी परीणामले हाल भारतमा केन्द्र सरकार तथा प्रदेशमा समेत पकड जमाएको भारतीय जनता पार्टी अप्ठेरोमा परेको छ । चुनावी परिणामले धेरै प्रदेशहरुमा उसको पकड कमजोर भएको देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);