ब्रिटिश प्रधानमन्त्री मेद्वारा अविश्वास प्रस्तावको मतदानमा जित हासिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ब्रिटिश प्रधानमन्त्री मेद्वारा अविश्वास प्रस्तावको मतदानमा जित हासिल

theresa may

एजेन्सी, २७ मंसिर । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सत्तारुढ कन्जरभेटिभ पाटीभित्रको उनको नेतृत्वलाइ चुनौती दिंदै ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन । उनलाई कुल मतसंख्याको ६३ प्रतिशत मत प्राप्त भएको थियो । व्रिटेनमा टरिजाको नेतृत्वलाई अबको एक वर्षसम्म कसैले चुनौती दिन पाउने छैन ।

सवैधानिक प्रावधान अनुसार सत्ताधारी कन्जरभेटिभ पार्टीका ४८ जना सांसदहरूले प्रधानमन्त्री मेको नेतृत्वलाई चुनौती दिँदै पत्र लेखेपछि संसद्मा अविश्वासको प्रस्तावमा मतदान हुनुपर्ने प्रावधान सक्रिय हुन पुगेको थियो । कन्जरभेटिभ पार्टीको नियम अनुसार संसद्मा पार्टीको प्रतिनिधित्व गर्ने सांसद संख्याको १५ प्रतिशतले नेतृत्वलाई चुनौती दिने प्रावधान सक्रिय तुल्याउन सक्ने प्रावधान रहेको छ । अहिलेको सन्दर्भमा त्यस्तो न्यूनतम सङ्ख्या ४८ जना रहेको थियो । त्यही प्रावधानमा टेकेर टरिजामाथी अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने विषयमा उक्त उनले गरेको सहमतिका कारण ब्रिटिश प्रधानमन्त्रीले चर्को दबाबको सामना गरिरहेकी थिइन । यसैको फलस्वरुप प्रधानमन्त्री टरिजा मेलाई पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा ब्रिटिश सांसदहरूले बुधवार राति मतदान गरेका थिए । व्रिटेनमा भएको गोप्य मतदानमा उनको पक्षमा २०० मत र विपक्षमा ११७ मत परेको थियो ।

अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरेकी छन । उनले ब्रिटेनका जनतालाई व्रिटिस जनताको भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको प्रतिक्रिया दिएकी छन । उनले बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन इयूबाट अलग हुने बेला आएकोले अहिले पार्टी नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन । तर उनले असन्तुष्ट सहकर्मीलाई मनाउने क्रममा आगामी आमचुनावअघि आफूले पार्टी नेताको पद त्याग गर्ने बताएकी थिइन ।

आफू विरुद्धको अविश्वासको मतदानमा विजय हासिल गर्ने वित्तिकै टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन इयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन । उनले सबै दलका राजनीतिज्ञहरूलाई देशलाई पुनः एक ढिक्का बनाउनका लागि काम गर्न आग्रह समेत गरेकी छन । उनले अब आफूले इयूका नेताहरूलाई ब्रिटेनका चिन्तालाई सम्बोधन गर्नेतर्फ काम गर्न आग्रह गर्ने बताइन ।

यदि बुधवार राती भएको मतदानमा मेको बिपक्षमा १५८ मत प्ररेको भए मेको पद सकिने थियो । तर मतदानको नतिजाले टरिजा मेको जित भएको छ र उनलाई अवको एक वर्षसम्म उनको नेतृत्वमाथी चुनौतिको सामना गर्न पर्ने छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);