निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलकाे असहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलकाे असहमति

एजेन्सी,२८ कार्तिक । म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ।सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।

पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पुनः निर्वाचन गराउन समेत माग गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको बैधता, निश्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन् ।

गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ । नोबेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच बर्षे कार्यकालका लागि जित हासिल गरेको हो ।

सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गर्नु भएकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।

म्यानमारको संसद ३२२ सिट ल्याएमा बहुमत हुने भएपनि सूकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् । उता निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दलले लगाएको आरोपको खण्डन गर्दै फेरि निर्वाचनको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);